• The Public Today
  • रौतहटको बाढी प्रभावित क्षेत्रमा संघीय सांसदहरूको टोली


    रौतहट, साउन ११ गते । बाढी प्रभावितको अवस्था र क्षतिको अवलोकन गर्न संघिय सांसदसहितको टोली रौतहट पुगेको छ । बाढी र डुवानपछिको अवस्थाको निरिक्षण गर्न सांसदसहितको टोली शनिबार रौतहट आइपुगेका हुन् ।

    [custom-facebook-feed]

    सांसदहरूले बागमती र लालबकैया नदीले कटान गरेका ठाउँको अवलोकन गरेका छन् । बाढी प्रभावित क्षेत्रको अवलोकन गरेपछि सांसदहरूले ग्रामीण भेगमा अहिलेसम्म पनि यातायात सञ्चालन हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे ।

    बाढी आएको १५ दिन भए पनि अहिलेसम्म सडक मर्मत भएको छैन। केन्द्र र प्रदेश सरकारले बाढी प्रभावितलाई उचित राहत दिन नसकेको र क्षति भएका सडक, विद्युतका पोललगायत मर्मतमा ध्यान नदिएको रौतहट–३ का सांसद तथा नेकपाका प्रदेश–२ अध्यक्ष प्रभु शाहले बताए ।

    रौतहट–१ का सांसद तथा राजपा नेपाल अध्यक्ष मण्डलका संयोजक अनिलकुमार झाले बाढीबाट हुने क्षति न्युनिकरणका लागि पटकपटक संसदमा आवाज उठाए पनि सरकारले वेवास्ता गर्दै आएको बताए । आफुले बाढी पहिरोको विषयमा १७ महिनामा १२ पटक सदनमा बोलेपनि सरकारले सुनवाइ नगरेको उनको गुनासो छ ।

    यस्तै रौतहट–४ का सांसद देवप्रसाद तिमल्सेनाले प्रदेश र केन्द्र सरकारले रौतहटको बाढी पीडितप्रति ध्यान नदिएको गुनासो गरे । जिल्लाको समस्याको विषयमा सदनलाई पनि जनकारी गराएको र ५० पटक मन्त्रीहरुलाई भेटेर भनेपनि कुनै सुनवाइ नभएको तिमल्सेनाले दुखेसो पोखे ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राजनीति, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस