• The Public Today
  • दाङबाट सुनचाँदी चोरी गरेर भागेको व्यक्ति हेटौंडाबाट पक्राउ


    हेटौंडा, साउन १२ गते : दाङको घोराहीस्थित एक सुनचाँदी पसलबाट चोरी गरेर भागेका व्यक्ति मकवानपुरको हेटौंडाबाट पक्राउ परेका छन् ।

    [custom-facebook-feed]

    घोराही उपमहानगरपालिका वडानम्बर १६ बस्ने प्रकाश विश्वकर्माको सुनचाँदी पसलबाट चोरी गरेर भागेका रमेस कालिराज हेटौंडा बसपार्कबाट पक्राउ परेका हुन् । रमेश हेटौंडा उपमहानगरपालिका वडानम्बर १८ का बासिन्दा हुन् ।

    विश्वकर्माको घोराही उपमहानगरपालिका-१५ मा रहेको पसल यही साउन ५ गते चोरी भएको थियो । त्यसलगत्तै जिल्ला प्रहरी कार्यालय दाङले मकवानपुर प्रहरीलाई पत्र लेखेर चोरी गर्ने व्यक्ति मकवानपुरमा हुनसक्ने भन्दै खोजतलास गरिदिन अनुरोध गरेको थियो ।

    दाङ प्रहरीको आग्रहअनुसार खोजतलास गर्ने क्रममा रमेशलाई ३ किलो ९५० ग्राम बराबरका चाँदीका गहना र नगद १० हजार रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

    उनको साथबाट चाँदिको पञ्चरत्न बाला, ब्रासलेट, औंठी, बाला, धातु र चाँदीका टुक्रा बरामद भएको प्रहरीले जनाएको छ । उनलाई प्रारम्भिक अनुसन्धानपछि आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय दाङमा पठाइने मकवानपुर प्रहरीले जनाएको छ ।


    क्याटेगोरी : अर्थ, ब्रेकिङ्ग न्युज-१

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस