• The Public Today
  • महोत्तरीमा बाढीबाट चार हजार घरमा क्षति


    पब्लिक टुडे समाचारदाता
    गौशाला, साउन १२ गते : असार अन्तिम सातादेखि परेको अविरल वर्षापछि आएको बाढीबाट महोत्तरीमा ४ हजार ५सय ७१ घरमा पूर्ण क्षति भएको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ ।

    [custom-facebook-feed]

    जिल्ला दैवी प्रकोप उद्धार समितिले दिएको तथ्याङ्कअनुसार बाढीबाट सात हजार ९ सय ६३ घरमा आंशिक तथा ५ हजार ८ सय ४७ घरमा सामान्य क्षति पुगेको जनाएको छ । जिल्लामा १५० हेक्टरमा लगाइएको धानखेती, २० हेक्टरको मकैखेती, ५० हेक्टरको तरकारीखेती र आठ हेक्टरमा लगाइएको अन्य खेती नष्ट भएको छ । यस्तै, पाँच करोड बराबरको धानखेती, कुखुरा र कुखुराजन्य उत्पादन, केरा, तरकारी, कुलो, इनार र च्याउखेती क्षति भएको छ । पन्ध्र हजार हेक्टरमा लगाइएको धानखेती डुबानमा परेको छ ।

    बाढीबाट मटिहानी, जलेश्वर, बलवा, लोहारपटी, भंगहा नगरपालिका, एकडारा, महोत्तरी र पिपरा गाउँपालिकामा बढी क्षति पु¥याएको छ । बाढी र डुबानबाट माछापोखरीमा पूर्णरुपमा क्षति पुगेको छ भने कुखुरा र कुखुराजन्य उत्पादन, केराखेती र तरकारीखेतीमा नोक्सानी बेहोर्नुपरेको छ । बाढीबाट झण्डै पाँच हजार किसान प्रभावित भएको समाचार आजको द पब्लिक टुडे दैनिकमा समाचार छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस