• The Public Today
  • उत्पादन मिति नभएको घ्यू भेटियो


    पब्लिक टुडे समाचारदाता
    महोत्तरी, साउन १३ गते :
    महोत्तरीको बर्दिबास नगरपालिकाले बहुक्षेत्रीय पोषण योजना कार्यक्रम अन्र्तगत खरिद गरेको घ्यू त्रुटी भेटिएको छ ।

    [custom-facebook-feed]

    नगरभरीका गर्भवती महिलालाई वितरण गर्न शिवम् डेरी उधोग राजविराज सप्तरीद्वारा उत्पादित घ्युको प्याकेटमा उत्पादन मिति नरहेको भेटिएपछि नगरपालिकाले घ्यू बितरणमा तत्कालै रोक लगाएको छ । वितरण गरिएको घ्यू प्रयोग नगर्न नगरपालिकाले सम्बन्धित सबैलाई जानकारी गराएको छ ।

    गर्भवती महिलाहरुका लागि आईतबार वडा नम्वर १ र वडा नम्वर २ मा बितरण गरिएको घ्यू प्याकेट संकलन गरेर प्ररिक्षणका लागि जिल्ला प्रशासन कार्यालय जलेश्वर पठाइएको नगरपालिकाका प्रमुख विदुर कुमार कार्की पत्रकार समेलन गरि जानकारी दिएको समाचार आजको द पब्लिक टुडे दैनिक पत्रिकामा विस्तृतमा छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस