• The Public Today
  • घरआँगनमा तरकारी उब्जाउँ

    साउन १३ गते । बजारमा अहिले तरकारीको मूल्य अकासिएको छ । नियमन गर्न नियामक निकाय भने मौन देखिएको छ । अकासिएको मूल्य र नियामक निकायको मौनताले उपभोक्ता लुटिन बाध्य छन् ।

    [custom-facebook-feed]

    कर्मचारीहरुको बढेको तलबसुविधा, आयातमा कमी, निरन्तरको वर्षाले बोटविरुवा गल्दा उत्पादनमा कमी आदि कारण देखाएर तरकारी व्यापारीले मूल्य मनपरी बढाउँदा नियामक निकाय तिनीहरुको मनपरी रोक्न कतै देखिंदैनन् । बढेको मूल्य तिरेरै पनि ताजा खान भने पाइँदैन । तरकारीमा मापदण्डभन्दा बढी विषादि राखेको पाइएको छ । विडम्बना, नियन्त्रणका लागि राज्य प्रभावकारी देखिएको छैन । तरकारी महँगीबाट त्राण पाउन वैकल्पिक उपाय हामी स्वयंले पनि खोज्नु जरुरी छ ।

    कृषि सडक व्यवस्थित नहुँदा गाउँमा उत्पादित तरकारी सहरमा आउन कठिन छ । सहर वरिपरिबाट भने सहरमा आउँछ । त्यसरी आउने तरकारीले सहरको माग धान्न सक्तैन । उपभोक्तालाई सँधै महँगीको मार खप्नुपरेको मुख्य कारण मागको तुलनामा पूर्ति कम हुनु हो । त्यस्तो तरकारी कति स्वस्थकर हुन्छ भन्ने अर्काे प्रश्न छ । पूर्तिको अभावले खप्नुपर्ने महँगीको मार र तरकारी स्वस्थ्यकर छ कि छैन भन्ने प्रश्नको समाधानका लागि हामी उपभोक्ता स्वयंले पनि सोच्नुपर्ने अवस्था आएको छ । अलि जाँगर चलाए भने घर वरिपरिको खाली जग्गा, बलेसी, भर्याङ, कौसी र छतमा पनि गमला, बोरा, बाल्टिनका भाँडामा तरकारी र फलफूल उब्जाउन सकिन्छ । हिजोआज थोरै नयाँ प्रविधि प्रयोग गरेर त्यसरी तरकार उत्पादन गर्ने आनीबानीमा बढोत्तरी हुँदै गएको पाइन्छ । जुन एकदमै सकारात्मक र अनुकरणीय छ । यसरी घरआँगनमै तरकारी फलाउने कामले व्यापकता पाउने हो भने यसले तरकारी आयातलाई प्रतिस्थापन गर्न निकै सघाउ पुग्नेछ ।

    आफ्नै घरआँगन करेसाबारीमा तरकारी र फलफूल उत्पादन गर्ने मानिसमा बढ्दो प्रवृत्तिलाई हेरेर अहिले केही नगरपालिकाले त्यस्तो प्रवृत्तिलाई प्रोत्साहन गर्न अनुदान अनि तरकारी उत्पादन र प्राड्डारिक मल बनाउने तालिम दिन सुरु गरेका छन् । तरकारी र फलफूल उत्पादन गर्ने यो प्रविधि र प्रवृत्तिले तरकारीबजारमा लुटिनु पर्दैन । यसका साथै यसले विषादियुक्त तरकारी खाएर रोगी हुनु पर्दैन । हामीलाई चाहिने छ महिनाको तरकारी अवश्यै उब्जाउन सकिन्छ । स्वच्छ र ताजा तरकारी तथा फलफूल खान पाइन्छ । हाम्रा पालिकाहरुले बजार अनुगमन गरेर मनपरी बढाइएको मूल्य नियन्त्रण गर्न आफ्नो मौनता त तोड्नुपर्छ नै, घरआँगनमा तरकारी फलाउन नागरिकमा जनजागरण र तालिम दिने काम अभियानकै रुपमा अघि बढाउनुपर्छ ।

    फ्नै घरआँगन करेसाबारीमा तरकारी र फलफूल उत्पादन गर्ने मानिसमा बढ्दो प्रवृत्तिलाई हेरेर अहिले केही नगरपालिकाले त्यस्तो प्रवृत्तिलाई प्रोत्साहन गर्न अनुदान अनि तरकारी उत्पादन र प्राड्डारिक मल बनाउने तालिम दिन सुरु गरेका छन् । तरकारी र फलफूल उत्पादन गर्ने यो प्रविधि र प्रवृत्तिले तरकारीबजारमा लुटिनु पर्दैन । यसका साथै यसले विषादियुक्त तरकारी खाएर रोगी हुनु पर्दैन । हामीलाई चाहिने छ महिनाको तरकारी अवश्यै उब्जाउन सकिन्छ । स्वच्छ र ताजा तरकारी तथा फलफूल खान पाइन्छ । हाम्रा पालिकाहरुले बजार अनुगमन गरेर मनपरी बढाइएको मूल्य नियन्त्रण गर्न आफ्नो मौनता त तोड्नुपर्छ नै, घरआँगनमा तरकारी फलाउन नागरिकमा जनजागरण र तालिम दिने काम अभियानकै रुपमा अघि बढाउनुपर्छ ।

    क्याटेगोरी : सम्पादकीय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस