१ लाख घुससहित जनस्वास्थ्य अधिकृत पक्राउ

File Photo
पब्लिक टुडे समाचारदाता
महोत्तरी, साउन १३ गते : राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्र, टेकुका जनस्वास्थ्य अधिकृत रामअवतार गुप्तालाई घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।
[custom-facebook-feed]
गुप्तालाई एक लाख घुस रकमसहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।
आयोगको टोलीले सेवाग्राहीसँग कमिशन बापत घुस मागिरहेको भन्ने उजुरीको आधारमा गुप्तालाई बबरमहलस्थित वन विभाग परिसरबाट नियन्त्रणमा लिएको जनाएको छ ।
नियन्त्रणमा लिइएका गुप्तामाथि थप अनुसअन्धान भैरहेको समेत आयोगले जनाएको छ ।
क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज
प्रतिक्रिया दिनुहोस