• The Public Today
  • भन्सार छलि ल्याएको मोवाईल प्रहरी नियन्त्रणमा


    पब्लिक समाचारदाता
    जनकपुरधाम, साउन १३ गते :
    भन्सारछलि गरी भारतबाट ल्याएको मोवाईल धनुषा प्रहरीले बरामद गरेको छ । धनुषा प्रहरीले गोप्य सुचनाको अधारमा ९ काटुन ५ सय २० थान मोवाईल बरामद गरेको हो ।

    भन्सारछलि गरी ल्याएर घरमा लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले मुख्यापट्टी मुसहरनीया गाउँपालिका–५ जमुनिघाट स्थित सुरेश यादवले फुसको घरमा लुकाई छिपाई राखेको मोवाईल प्रहरीले बरामद गरेको हो ।
    प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोलीले लुकाईछिपाई भन्सारछलि गरी राखेको गोप्य सुचनाको अधारमा बरामद गरेको हो ।


    क्याटेगोरी : अपराध, अर्थ, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस