• The Public Today
  • टिकापुर घटना भएकै दिन थरुहटको राष्ट्रिय सम्मेलन


    काठमाडौं,साउन १४ – एकजना बालकसहित ८ जनाको ज्यान जाने गरि भएको टिकापुर घटनाकै दिन थरुहट/थारुवान संघर्ष समितिले सोही ठाउँमा राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ ।

    [custom-facebook-feed]

    सम्मेलन व्यवस्थापन समितिका संयोजक रामप्रसाद चौधरीका अनुसार सम्मेलनको उद्घाटन टिकापुरस्थित सीटी हलमा भदौ ७ गते हुनेछ । ८ गते विभिन्न विषयमा छलफल हुने र ९ गते घोषणापत्र जारी गरी कार्यक्रमको समापन हुने जनाएको छ ।

    सम्मेलनमा थरुहट आन्दोलन, टीकापुर घटनालगायतवारे छलफल हुने बताइएको छ । सविधान निर्माण प्रक्रियामा सुनियोजित रुपमा राज्यले उत्पीडित वर्ग, समुदाय क्षेत्रलाई सहभागी नगराएको दावी गर्दै संयोजक चौधरीले प्रदेश सिमांकन, समानुपातिक प्रतिनिधित्व लगायतका मुल मुद्दा नसमेटिकै कारणले सविधानप्रति व्यापक असन्तुष्टि बढेको दावी गरेका छन् ।

    आन्दोलनको क्रममा २०७४ भदौ ७ गते टिकापुरमा दुःखद घटना भयो । त्यसको बदलामा भदौ ८ गते प्रहरी प्रशासन तथा कर्फ्युको आडमा टीकापुर बजारमा रहेका थारुहरुको घर, पसल, एफएम जलाएको भन्दै आन्दोलनमा पनि राज्यले थारुहरुमाथि विभेद गरेको भन्दै संयोजक थारुले विभेदकारी नीति तत्काल सच्याउन माग गरेका छन् ।

    टिकापुरको सद्भावलाई बलियो बनाउनका लािग आउने भदौं ७ गते थारुवान राष्ट्रिय सम्मेलनको आयोजना गर्न लागेको उनले जानकारी गराए । सम्मेलन सफल पार्नका लागि विभिन्न समितिहरु बनाइएको छ । रातोपाटी


    क्याटेगोरी : राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस