• The Public Today
  • पर्यटनमन्त्रीमा योगेश भट्टराई नियुक्त


    काठमाडौं, साउन १५ गते । नेकपा नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईलाई बुधबार पर्यटनमन्त्री नियुक्त गरेका हुन् । 

    [custom-facebook-feed]

    राष्ट्रपति विद्यादेवी भण्डारीबाट भट्टराईलाई ४ बजे मन्त्रीको शपथ गराउने कार्यक्रम छ । नेकपा स्थायी समिति सदस्यभट्टराई ताप्लेजुङबाट निर्वाचित सांसद हुन् ।

    ताप्लेजुङमा गत फागुन १५ गते तात्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि उक्त मन्त्रालय मन्त्रीविहीन थियो । प्रधानमन्त्रीले नै मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस