• The Public Today
  • टेम्पोको ठक्करले बालकको मृत्यु


    पब्लिक टुडे समाचारदाता
    महोत्तरी, साउन १५ गते :
    भारतीय नम्बरको टेम्पुले ठक्कर दिँदा सर्लाही कविलासी नगरपालिका–८ अगर्वा निवासी रञ्जीत चौधरीको तीन वर्षीय छोरा राकी चौधरीको मृत्यु भएको छ ।

    [custom-facebook-feed]

    नवलपुरबाट सदरमुकाम मलङ्गवा तर्फ आउँदै गरेको बिआर ०६ पिई २८२२ नं को टेम्पुले दिउँसो ३ बजे बाटो काट्ने क्रममामा ठक्कर दिएको थियो ।

    ठक्कर दिने टेम्पु र भारत सीतामढी जिल्ला सोनवर्षा– ६ का चालक रोहित गोस्वामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    मृतक बालकको सर्लाही जिल्ला अस्पताल मलङ्गवमा शवपरीक्षण गरी परिवारलाई जिम्मा लगाएइको छ ।


    क्याटेगोरी : राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस