• The Public Today
  • २५०० बिघा ‘माओवादी’ कब्जामै


    महोत्तरी, साउन १६ गते : दाङमा तत्कालीन विद्रोही माओवादीले अगुवाइमा कब्जामा लिएको २५ सय बिघा जग्गा अझै फिर्ता भएको छैन ।

    [custom-facebook-feed]

    प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले नेपाल संस्कृत विश्वविद्यालयको १३ सय, स्वर्गद्वारी आश्रमको १२ सय र जिल्ला प्रशासन कार्यालयको १४ विघा कब्जामा रहेको बताए ।

    उनका अनुसार संस्थागत रुपमा कब्जा भएका जग्गाको आम्दानी जग्गाधनीले २०५८ सालदेखि नै पाएका छैनन् । द्वन्द्वका बेला माओवादीले दाङमा विभिन्न व्यक्तिको जग्गा कब्जा गरेको थियो ।

    माओवादीले शान्ति प्रक्रियासँगै व्यक्तिको कब्जा जग्गा फिर्ता गरेको छ । तर विश्वविद्यालय र आश्रमको जग्गा भने फिर्ता नगरेको तत्कालीन माओवादीका जिल्ला नेताले बताए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।


    क्याटेगोरी : राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस