• The Public Today
  • घरभित्र गोली हान्ने को ?


    महोत्तरी, साउन १७ गते : राजधानी काठमाण्डौंको कलंकीस्थित पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरको तेस्रो तलामा सोमबार राति छिरेको गोली कसले हानीको हो भन्नेबारे प्रहरी निष्कर्षमा पुग्न सकेको छैन ।

    प्रहरीले मंगलबार शर्माका छिमेकी पूर्वउपसचिव शुभांकर ढकाललाई नियन्त्रणमा लिएको थियो । ढकालले लाइसेन्स लिएर घरमा राखेको दुई थान बन्दुकबाट गोली चलेको हुन सक्ने प्रहरीको आशंका थियो । तर फरेन्सिक जाँचमा घरभित्र भेटिएको गोली ढकालको बन्दुकबाट नचलेको पुष्टि भएपछि प्रहरीले उनलाई छाडेको छ ।

    शर्माकी छोरी बस्ने कोठामा राति साढे ९ बजेतिर झ्यालबाट गोली छिरेको थियो । प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले गोली कसले हान्यो भन्नबारे अहिलेसम्म यकिन गर्न नसकिएको बताए । यो समाचार कान्तिपुर दैनिकमा छ ।


    क्याटेगोरी : अपराध, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस