• The Public Today
  • अनाथालयलाई नगरपालिकाको साढे २ लाख सहयोग


    रौतहट, साउन १७ गते । रौतहटको परोहा नगरपालिकाले एक अनाथालयलाई दुई लाख पचास हजार रुपैयाँ सहयोग गरेको छ ।

    [custom-facebook-feed]

    गरुडामा रहेको वंशीराम जयसवाल अनाथालयको आर्थिक अवस्था सुधार गर्न परोहा नगरपालिकाले दुई लाख पचास हजार रुपैयाँ सहयोग गरेको हो । गरुडा नगरपालिका ४ मा रहेको उक्त अनाथालयमा ३० जना बालबालिका कष्टकर जीवन बाँचिरहेका छन् ।

    अनाथालमा रहको बालबालिकाको भरण पोषणका लागि अनाथालयले स्थापना गर्न लागेको अक्षय कोषका लागि परोहा नगरपालिकाका मेयर शेख वकिलले दुई लाख पचास हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । अनाथालयका बालबालिकाको कारुणिक अवस्थालाई देख्दा आफूलाई दुख लागेकाले नगरपालिकाका तर्फबाट सो रकम सहयोग गरेको मेयर वकिलले बताए ।

    अनाथालयमा बालबालिकाको कुरा सुनेर भावुक भएका उनले चालु आर्थिक वर्षमा पनि थप दुई लाख पचास हजार सहयोग गर्ने प्रतिवद्धता जनाए । रौतहटमा रहेको एक मात्र यस अनाथालयलाई जिल्लामा रहेका १८ वटा स्थानीय तहले केही रकममात्रै सहयोग गर्दा टुहुरा बालबालिकाकाले राहत महसुस गर्ने अनाथालयका संस्थापक वंशीराम जयसवालले बताए ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस