• The Public Today
  • मंसिर १४ गते उपनिर्वाचन : निर्वाचन आयोग


    महोत्तरी, साउन १७ गते : प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त ५० स्थानमा निर्वाचन आयोगले आगामी मंसिर १४ गते उपनिर्वाचन गर्ने भएको छ ।

    [custom-facebook-feed]

    बिहीबार सर्वदलीय बैठक बोलाएर छलफल गरेको आयोगले शुक्रबार मंसिर १४ गतेका लागि उपनिर्वाचनको मिति तोकेको हो।

    बैठकले प्रतिनिधिसभा र प्रदेशसभामा उपनिर्वाचन गर्ने निर्णय गरेको आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले जानकारी दिए ।

    गत फागुनमा ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परेर तत्कालिन पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि कास्की क्षेत्र नम्बर २, प्रतिनिधिसभा सदस्यविहीन छ ।

    यस्तै, प्रदेश पाँच अन्तर्गत दाङ क्षेत्र नम्बर ३ को ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य उत्तरकुमार ओली, गण्डकी प्रदेश अन्तर्गत बाग्लुङ क्षेत्र नम्बर २ ‘ख’ का सांसद टेकबहादुर घर्ती र प्रदेश ३ को भक्तपुर–१ ‘ख’ बाट निर्वाचित हरिशरण लामिछानेको निधनपछि प्रदेशसभाका तीन स्थान खाली भएको हो ।

    स्थानीय तहको उपनिर्वाचनको मिति सरकारले बिहीबार नै घोषणा गरेको हो । स्थानीय तह निर्वाचन ऐन, २०७३ मा आयोगसँगको परामर्शमा सरकारले मिति घोषणा गर्ने व्यवस्था छ ।

    स्थानीय तहमा चार प्रमुख, एक उपप्रमुख र ४१ वडा अध्यक्षको पद रिक्त छन् । उपनिर्वाचन मिति घोषणा गर्नुअघि आयोगले १८ दलसँग छलफल गरेको थियो ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस