• The Public Today
  • विप्लव समूहका दुई कार्यकर्ता पक्राउ


    तनहुँ, साउन १८ गते। प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका दुईजना कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालयल तनहुँले गयराति पक्राउ गरेको छ ।

    [custom-facebook-feed]

    पक्राउ पर्नेमा तनहुँको आँबुखैरेनी गाउँपालिका–३ का ४६ वर्षीय गणेश थापा क्षेत्री र घिरिङ गाउँपालिका–२ का ३६ वर्षीय धनबहादुर राना छन् । 

    उनीहरुलाई आ–आफ्नै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए । रासस


    क्याटेगोरी : राजनीति, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस