• The Public Today
  • उद्योग निर्देशनालय हेटौंडाका अधिकृत ५० हजार घूससहित पक्राउ


    काठमाडौं, साउन २० गते । मकवानपुरस्थित उद्योग, वाणिज्य तथा उपभोक्ता संरक्षण निर्देशनालय, हेटौंडाका अधिकृत चन्दनकुमार अमात्य ५० हजार रुपैयाँ घूससहित पक्राउ परेका छन् ।

    [custom-facebook-feed]

    अधिकृत अमात्यले उद्योग दर्ता गर्न आइइ प्रतिवेदन स्वीकृत गर्ने प्रयोजनको लागि विभिन्न बहानामा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो।

    अख्तियारको हेटौंडा मकवानपुरबाट गएको टोलीले अमात्यलाई सेवाग्राहीसँग रू.५० हजार घुस वापतको रकम लिइसकेको अवस्थामा निजको कार्यालय परिसरबाट उक्त रकम सहित रङ्गेहात नियन्त्रणमा लिएको बताइएको छ ।

    आयोगले उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।


    क्याटेगोरी : अपराध, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस