• The Public Today
  • रुद्रसेन विश्वकर्माको ‘कानोमे आँहाके झुमका’ बोलको मैथीली गीत र भिडियोको चौतर्फी प्रशंसा


    पब्लिक टुडे समाचारदाता
    महोत्तरी, साउन २१ गते :
    पछिल्लो समयमा व्यापक चर्चामा रहेका धनुषाको मिथिलानगरपालिका वडा नम्बर १० लालगढ़का श्रष्टा गायक, संङ्गीतकार तथा मोडल रुद्रसेन विश्वकर्मा र बहुचर्चित गायिका ज्योति मगरको स्वरमा मैथिली गित दिवानी नामक एल्बममा समावेश रहेको शिर्ष गीत ‘कानोमे आँहाके झुम्का‘’एकदमै उच्च क्वालिटीको दमदार म्युजिक भिडियो सहित सार्बजनिक भएको छ ।

    [custom-facebook-feed]

    गीतले मिथिला कल्चरको बौद्धिक सम्पतीको जगेर्णा गर्दै गरेको एकदमै राम्रो पक्ष सभ्य भाषा महिला प्रती आदर गरी सपरिवार संगै बसेर हेर्न मिल्ने अत्ती राम्रो म्युजिक भिडियो रहेकोले पनी एल्वम् दिवानीको शिर्षक गीत कानोमे आहाके झूमका…दिवानीका सबै पक्षले साङ्गितीक बजारमा चौतर्फी प्रशंसा बटुली रहेको हो ।

    दर्जनौ चर्चित नेपाली, भोजपुरी तथा मैथिली गीतहरुमा स्वर दिईसकेका भर्सटायल गायक रूद्रसेन विश्वकर्मा र बहुचर्चित गायिका ज्योति मगरको स्वरमा रहेको उक्त गीत आरजे म्युजिक प्रोडक्सन नामक यÞुट्युब च्यानल मार्फत बजारमा सार्बजनिक गरिएको हो । यस युट्युवको लिंन्क क्लिक गरी उक्त गीत म्युजिक भिडियो सहित हेर्न सकिन्छ ।

    शब्द तथा संगीत गायक रुद्रसेन विश्वकर्माकै रहेको यस गीतलाई बिशाल निरौलाले संगीत संयोजन गरेका हुन् । दिपक गिरीले छायांकन गरेको उक्त भिडियोको निर्देशन अहिलेका व्यस्त निर्देशक र कोरियोग्राफर प्रदिप कुमार रसाइलीले गरेका हुन् ।

    जनकपुरकै चर्चिक गायक रुद्रसेनको ‘कानोमे आहाँके झुम्का’ सार्वजानिक (भिडियोसहित)

    भिडियोमा मोडलका रुपमा पनि रूद्रसेनलाई नै देख्न सकिन्छ भने उनलाई मोडल तथा नायिका रिचा थापाले साथ् दिएकी छिन । यस गीत र भिडियोको निर्माण निर कुमारी विश्वकर्मा ( सविना ) ले गरेकी हुन । कानोमे आँहाके झुम्का…. दिवानी एल्वम् दिवानी को शिर्ष गीत हो भने केही बर्ष अघी पनी यसै गीतका सर्जक गायक र संगितकार रुद्रसेन विश्वकर्मा को “मनको राजा“ नामक एल्वम्ले साङ्गितीक बजारमा धुमै मचाएको थियो । त्यसै एल्वम्को गीत मनको राजा… राम कशम तिम्रो हल्कट छ जवानी… देश भक्ती गीत, हामी सबै नेपाली… बोलको गीत र भिडियो अहिले पनि चर्चामै रहेको छ ।

    हेर्नुस भिडियो !



    क्याटेगोरी : मनोरंजन, मुख्य समाचार


    प्रतिक्रिया दिनुहोस