• The Public Today
  • राजेन्द्र महतो को हुन् ? : सञ्चार मन्त्री बाँसकोटा


    पब्लिक समाचारदाता
    धनुषा, साउन २१ गते :
    सूचना, संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँसकोटाले राजेन्द्र महतो को हुन भन्ने प्रतिप्रश्न गरेका छन् ।

    [custom-facebook-feed]

    मंगलवार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुले सरकारले प्रष्ट नपारेको कारण नागरिकता खारेज सम्बन्धी घटनामा प्रतिनिधि सभा सांसद एवं राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोलाई बदनाम गरिएको राखेको जिज्ञासामा राजेन्द्र महतो को हुन, सरकारले माननीय भनेको त छैन, धेरै राजेन्द्र महतो हुन सक्छ यसमा सरकारको के दोष भने ।

    उनले भने सरकारको काम सूचना दिने हो । को छ कहाँको छ भन्ने तिन पुस्ते तथ्यांक सरकार प्रवक्तालाई दिनुपर्ने जरुरी छैन, त्यो त सम्बन्धित मन्त्रालय वा निकायसँग जानकारी लिन सकिन्छ ।
    राजेन्द्र महतो को हो चिन्दिन म, जसले फर्जी तरिकाबाट गलत कागजात दिएर नागरिकता लिएको थियो, त्यसको नागरिकता खारिज गरियो, को हो कहाँको हो भन्ने रेकर्ड राख्ने काम हाम्रो होइन ।

    एक अर्को प्रसंगमा उनले संविधानप्रति कुनै कुरामा औचित्य पुष्टी भए मात्रै संशोधन हुने बताए । उनले भने वर्तमान संविधान अहिलसम्मकै सबैभन्दा उत्कृष्ट संविधान रहेको भन्दै कुनै धारा उपधारामा त्रुटि छ भने संशोधनको समय, आवश्यक्ता र औचित्य पुष्टी भए मात्रै संशोधन गरिने बताए ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस