• The Public Today
  • वेष्ट इन्डिजविरुद्धको टी–२० सिरीज भारतद्वारा क्लिन स्विप


    पब्लिक साचारदाता
    महोत्तरी, साउन २२ गते :
    वेष्ट इन्डिज विरुद्धको तीन टी–२० क्रिकेट खेलको सिरीज भारतले क्लिन स्विप गरेको छ । मंगलबार राति भएको तेस्रो तथा अन्तिम खेलमा भारत सात विकेटले विजयी भएको छ ।

    [custom-facebook-feed]

    टस हारेर ब्याटिङको निम्तो पाएको वेष्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४६ रन बनाएको थियो । खराब सुरुवात गरेको वेष्ट इन्डिजले चार रनमा नै पहिलो विकेट गुमायो । उसका ओपनर सुनील नारायन मात्र दुई रनमा पेभेलियन फर्किए ।

    त्यसपछि १४ रनमा अरु दुई विकेट गुमाएको वेष्ट इन्डिजले ८० रनमा चार विकेट खेर फाल्यो । उसका मध्यक्रमका खेलाडी एकपछि अर्को रुपमा आउट भए ।

    वेष्ट इन्डिजका लागि कायरन पोलार्डले ५८ तथा निकोलस पुरनले १७, कार्लोस ब्रेथवेट र इल्भिस लुइसले समान दश दश रनको योगदान गरे । उसका रोभमन पवलले अविजित ३२ रनको योगदान गरे । बलिङ भारतका दिपक चाहरले तीन नवदीप साइनीले दुई विकेट लिए ।

    जवाफमा भारतले १९ ओभर एक बलमा लक्ष्य पूरा गर्‍यो । खराब सुरुवात गरेको भारतले २७ रनमा दुई विकेट गुमाएको थियो । तर कप्तान विराट कोहली र रिशव पन्तले टिमको पारीलाई उकासेका थिए ।

    जसमा कोहलीले ५९ रन बनाए भने पन्तले ६५ रनको योगदान गरे । यस्तै लोकेश राहुलले २० रन बनाए । यो खेलमा रोहित शर्मालाई आराम दिइएको थियो ।


    क्याटेगोरी : खेलकुद

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस