• The Public Today
  • दिल्ली लगेर १५ दिनसम्म बालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ


    महोत्तरी, साउन २२ गते । महोत्तरीको भंगहा नगरपालिकाकी एक १२ वर्षकी बालिकालाई उनकै आमाको सहयोगमा दिल्ली लगेर १५ दिनसम्म बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

    [custom-facebook-feed]

    महोत्तरीको भंगहा नगरपालिका–६, थारुटोल बन्द्राका ४० वर्षका सियाराम महतोलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    घटनापश्चात बालिकालाई घरमा ल्याएर फरार रहेका महतोलाई मंगलबार दिउँसो महोत्तरीको गौशालाबाट पक्राउ गरेको महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । उनका अनुसार आरोपी महतोमाथि ७ दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालय महोत्तरीले थप अनुसन्धान गरिरहेको छ ।

    यस्तै बालिकाको आमा पनि जिल्ला प्रहरी कार्यालयमा हाजिर भएको र उनीसँग सोधपुछ तथा अनुसन्धान गरिरहेको उपरीक्षक अधिकारीको भनाइ छ ।

    बालिकाले घर फर्केपछि स्थानीयको सहयोगमा गत असार २२ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा सियारामका साथै घटनामा सहयोग गर्ने सियारामका बुबा रामाशीश महतो र स्थानीय रामजतन महतोमाथि किटानी जाहेरी दर्ता गराएकी थिइन् ।

    सम्बन्धित समाचार

    निर्दयी आमा : जसले दिल्ली पुर्‍याएर परपुरुषसंग गराइन आफ्नै छोरीको बलात्कार


    क्याटेगोरी : अपराध, ब्रेकिङ्ग न्युज-१, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस