• The Public Today
  • प्रदेश सरकारको सिफारिसमा इन्जिनियरिङ्ग पढ्न ४२ जनालाई पूर्ण छात्रावृति


    पब्लिक टुडे समाचारदाता
    जनकपुरधाम, साउन २२ गते ।
    प्रदेश नं. २ का सरकारको सिफारिसमा भारतको आन्ध्रप्रदेश श्रिकाकुलम स्थित आदित्य इन्स्टिच्युट औफ टेक्नोलॉजी एंड मैनेजमेंट ले ४२ जना छात्र–छात्रालाई पूर्ण छात्रवृति दिने भएको छ ।

    [custom-facebook-feed]

    इन्स्टिच्युसनले प्रदेश सरकारको सिफारिसमा बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत प्रदेश नं. २का ३० जना छात्रा तथा सहिद परिवार सम्मान कार्यक्रम अन्तर्गत १२ जना छात्र–छात्रालाई सिभिल, मेकानिकल, कम्प्युटर साइन्स, इन्फोेरमेशन टेक्नोलोजि, इलेट्रिकल, इलेक्ट्रोनिक र एम. वि. ए मा पूर्ण छात्रवृति दिने भएको हो ।

    यस अन्तर्गत छात्रवृति पाउने छात्रछात्राहरुले छात्रावास र परीक्षा शुल्क आफैले बेहोर्नु पर्ने छ । कलेजका नामांकन प्रमुख राहुल चौधरीले यसका अतिरिक्त प्रदेश सरकारको सिफारिसमा थप ३६ जना छात्रछात्रालाई ५० प्रतिशत छात्रवृति प्रदान समेत गरिने बताएका छन ।


    क्याटेगोरी : राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस