• The Public Today
  • सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको ७० हजार पुग्यो


    काठमाडौं, साउन २३ गते । दैनिक जसो बढेको सुनको मूल्यले आज नयाँ रेर्कड कायम गरेको छ । सुनको मूल्य बिहिबार ५ सय रुपैयाँ बढेर प्रतितोला ७० हजार रुपैयाँ पुगेका छ ।

    [custom-facebook-feed]

    यो मूल्य हालसम्मकै उच्च  हो । छापावल सुनको मूल्य बुधबारको मुल्यमा ६ सय रुपैयााले बढेर ७० हजार रुपैयाँ पुगेको हो । यसैगरी तेजाबी सुन पनि प्रतितोला ६९ हजार ७ सय रुपैयाँमा बिहिबार कारोबार भएको छ । साथै चाँदी भने प्रतितौला ८ सय २५ रुपैयाँमा कारोबार भएको छ ।

    फेडेरल रिजर्भ बैंकले ब्याजदर ०.२५ प्रतिशतले कमी गरेको, चीन र अमेरीकाको व्यापार युद्ध, इरान अमेरीकको मुद्दा जस्ता विषयले सुनको मूल्य लगातार उकालो लागेको सुनचाँदी व्यवायी महासंघका संस्थापक अध्यक्ष मणिरत्न शाक्यले बताए ।


    क्याटेगोरी : अर्थ, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस