• The Public Today
  • पाकिस्तानी पूर्वप्रधानमन्त्री शरिफकी छोरी पक्राउ


    इस्लामावाद, साउन २३ गते : पाकिस्तानको विपक्षी दलका नेता तथा पूर्व प्रधानमन्त्री नवाज शरिफकी छोरीलाई पक्राउ गरिएको छ ।

    [custom-facebook-feed]

    भ्रष्टाचारविरोधी गतिविधि अनुगमन कार्यालयका अधिकारीहरुले मार्यम नवाज शरिफलाई बिहीबार पक्राउ गरेको पाकिस्तानी अधिकारीहरुले जानकारी दिएका छन् । 

    भ्रष्टाचारको आरोपमा पक्राउ पर्नेमध्ये उनी पनि एक प्रभावशाली व्यक्ति हुन् । उनी इमरान खान नेतृत्वको सरकारले मुख्य लक्षित गरेका व्यक्तिमा पर्छिन् । 

    पाकिस्तान मुस्लिम लिग नवाजकी उपाध्यक्ष समेत रहेकी मार्यमलाई पाकिस्तानमा भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय राष्ट्रिय उत्तरदायित्व ब्यूरो (एनएबी) ले पक्राउ गरेको हो । 

    भ्रष्टाचार गरेको आरोप पुष्टि भएपछि जेलजीवन बिताइरहेका आफ्ना बुवा नवाजलाई भेट्न गएको बेला मरियमलाई पक्राउ गरिएको जनाइएको छ ।

    उनका बुवा नवाज भने गत सन् २०१८ देखि सात बर्षे सजाय भोग्न अहिले काराबासमै रहेका छन् । नवाजलाई पनि भ्रष्टाचार सम्वन्धी अभियोग नै लगाइएको छ । उनी पाकिस्तानमा तीनपटक प्रधानमन्त्री भएका थिए ।
    त्यसैगरी मार्यमको काका तथा पञ्जावका पूर्व मुख्यमन्त्री शाहबाज शरिफ पनि अहिले अनुसन्धानको दायरामा रहेका छन् । उनका अन्य नातेदारहरुमाथि पनि अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् । –एएफपी /photo : GETTY IMAGES


    क्याटेगोरी : विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस