जनकपुरमा घरबाट लाखौंको चोरी

सांकेतिक तस्विर
पब्लिक समाचारदाता
जनकपुरधाम, साउन २३ गते : प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामको एक घरमा चोरी भएको छ । जनकपुरधाम उपमहानगरपाकिला–७ बेला कुट्टीको छेउमा रञ्जित ठाकुरको घरमा बुधबार राति चोरी भएको हो ।
[custom-facebook-feed]
घडि पावनको अवसरमा परिवारको सबै सदस्य महोत्तरीको रतौली आँफ्नो गाउँ गएको मौका छोपेर चोरले उक्त घरबाट लाखौंको धनमाल लुटेको पीडित पारिवारले जनाएको छ । चोरले घरको तल्चा फुटाएर घरमा राखिएको गरगहना, सुनचाँदी, मोवाईल, हस्ताक्षर गरको एनआईसी बैंककोे चेक बुक, एटीएम लगायतको समानहरु चोरी भएको पारिवारले जनाएको हो ।
पारिवारको अनुसार पाँचलाख मुल्य बराबरको धनमाल चोरले लुटेको छ । पीडित पारिवारले अपराधि पक्ता लगाउन र न्याय पाउन जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएको छ ।
क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज
प्रतिक्रिया दिनुहोस