• The Public Today
  • जीप दुर्घटना अपडेट : एकको ज्यान गयो, चार घाइते


    गुल्मी, साउन २५ गते – गुल्मीमा शुक्रबार साँझ भएको जीप दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । चार जना घाइते बनेका छन् ।

    [custom-facebook-feed]

    गुल्मी दरबार गाउँपालिकावाट सदरमुकाम तम्घासतर्फ जार्दै गरेको लु २ च ५४७५ नम्बरको जीप गुल्मी दरबार गाउँपालिका–३, अन्तर्गत गौडाकोटमा दुर्घटना भएको थियो ।

    दुर्घटनामा परि जीप चालक अर्घाखाँची छत्रकोट गाउँपालिका ७ का ४८ वर्षीय हरिप्रसाद पाण्डेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले बताउनुभयो । दुर्घटनामा परि घाइते भएका पाण्डेको उपचारको क्रममा पाल्पा लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो ।

    दुर्घटनामा रेसुंगा नगरपालिका निवासी दिपक विक, शेरबहादुर विक, बजिन्द्र विक र जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी जवान कृष्णप्रसाद पाण्डे घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

    घाइते चारै जनाको पाल्पामा उपचार भैरहेकोमा दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस