• The Public Today
  • ढल्केवरमा खुल्यो निःशुल्क कपडा बैंक


    विजय कुमार सिंह
    ढल्केवर, साउन २५ गते ।
    धनुषाको ढल्केवरमा निःशुल्क कपडा बैंक स्थापना गरिएको छ ।

    [custom-facebook-feed]

    मिथिला नगरपालिका–६ ढल्केवरचौकस्थित खानेपानी ट्यांकीको अगाडी असहाय, गरिब तथा विपन्नहरुका लागि शनिवारदेखि कपडा बैंक सुरु गरिएको हो ।

    ढल्केवरका एक सक्रिय समाजिक संस्था ढल्केवर दारी ग्याङ्गको अगुवाई तथा बैदेशिक रोजगारीको शिलशिलमा हाल अमेरिकामा बस्दै आएका मुना गौतमको सहयोगमा कपडा बैंक सञ्चालन गरिएको छ ।

    बैंकले जिउमा लगाउने कुनै पनि प्रकारको लुगा संकलन गर्ने र आवयश्क रहेका व्यक्तिलाई वितरण गर्ने छ ।

    कपडा बैंकलाई जो कोहीले पनि कपडा लगायतका सामान ल्याएर दिन सक्ने ढल्केवर दारी गयाङ्गका अगुवा देवराज घिमिरेले बताए । उनले प्रयोग गर्न मिल्ने कपडा बैंकलाई उपलब्ध गराएर सहयोग गर्न सबैसंग आह्वान गरे । गयाङ्गका अगुवा घिमिरेले यस अभियानमा हातेमालो गरेर अभियानलाई सफल बनाउन सहयोगी हातहरुलाई आग्रह गरेका छन् ।

    बैंकले असहाय, असक्त तथा आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूलाई मौसम अनुसार निःशुल्क कपडा उपलब्ध गराउने जनाइएको छ । स्थानिय युवाहरुको समुह ढल्केवर दारी ग्याङ्गले सामाजिक कार्यहरुमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज


    प्रतिक्रिया दिनुहोस