• The Public Today
  • प्रदेश २ मा सोमबार सार्वजनिक विदा


    पब्लिक टुडे समाचारदाता
    जनकपुरधाम, साउन २६ गते ।
    बकर इदको अवसरमा प्रदेश २ सरकारले सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

    [custom-facebook-feed]

    मुख्यमन्त्री लालबाबु राउतले साउन २७ गते सोमबार सार्वजनिक विदाको जानकारी दिँदै सबैमा शुभकामना सन्देश पनि दिएका छन् । उनले इस्लाम धर्मालबम्बीहरुको महान चाड ईद उल अजाह अर्थात बकर इदको अवसरमा प्रदेश, देश तथा विदेशमा बस्ने सम्पूर्ण इस्लाम धर्मालबम्बीहरुमा शुभकामना व्यक्त गरेका छन् ।

    शुभकामना सन्देशमा मुख्यमन्त्री राउतले इद पर्वले प्रदेश २ का साथै मुलुकमै भाइचारा, सुख र शान्तिको अभिवृद्धि होस् भनी कामना गरेका छन् ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस