• The Public Today
  • तराईमा अत्याधिक गर्मी, जनजीवन कष्टकर


    पब्लिक टुडे समाचारदाता
    ढल्केवर, साउन २७ गते ।
    केही दिनयता टन्टलापुर घामसगैँ बढेको अत्याधिक गर्मीका कारण धनुषासहित तराईको जनजीवन कष्टकर बनेको छ ।

    [custom-facebook-feed]

    गर्मीका कारण धनुषा, महोत्तरीलगायतका तराईका जिल्लाको जनजीवन निकै प्रभावित बनेको छ । गर्मीका कारण बालबालिका र वृद्धवृद्धा सबैभन्दा बढी प्रभावित भएका छन् । साना बालबालिकालाई विद्यालय जान पनि गाह्रो हुन थालेको छ ।

    अत्याधिक गर्मीका कारण एकातिर विद्यालयहरुमा विद्यार्थाीको उपस्थिती न्यून हुदै गएको छ भने जिल्लाको मुख्य बजारहरु समेत सुनसान देखिएको छ । केही दिनयताको प्रचण्ड गर्मीका
    कारण टाइफाइड ज्वरो, झाडापाखालालगायत रोगका विरामीको चाप ह्वातै बढेको चिकित्सकहरु बताउँछन् ।

    यस्तो मौसममा खानपिनमा विशेष ध्यान दिन चिकित्सकले सुझाव दिएका छन् । 


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस