स्वास्थ्य उपचार गरेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता

फाइल फोटो
काठमाडौं, साउन २७ गते । स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा स्वदेश फर्केका छन् ।
[custom-facebook-feed]
प्रधानमन्त्री ओली सोमबार दिउँसो थाई एयरको विमानबाट त्रिभुवन विमानस्थल आइपुगेका हुन् । साउन १८ मा सिंगापुर प्रस्थान गरेका ओलीले त्यसको भोलिपल्टदेखि नै नियमित स्वास्थ्य परीक्षण गराएका थिए ।
उनी गत शनिबार स्वदेश फर्किने कार्यक्रम भए पनि थप दुई दिन बसेर सोमबार मात्र स्वदेश फर्केका हुन् । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका ओलीको सिंगापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण भएको हो ।
क्याटेगोरी : राजनीति, राष्ट्रिय
प्रतिक्रिया दिनुहोस