• The Public Today
  • बालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ


    सप्तरी, साउन २८ गते । एक बालिका बलात्कार गरी बेपत्ता भएको आरोप लागेका सप्तरीको शम्भुनाथ नगरपािलका–२ कुशहाका ४० वर्षीय मो.समिर अख्तर पक्राउ परेका छन् । 

    [custom-facebook-feed]

    पीडित १४ वर्षीया बालिकाका बुवाले समिरसमेत विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०७५ चैत ११ गते उजुरी दर्ता गराएका थिए । बेपत्ता समिरलाई घरबाटै गिरफ्तार गरेर आज अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

    अर्का आरोपित ३० वर्षीय अनवारुल मियाँको खोजी भइरहेको प्रहरी नायव उपरिक्षक भावेश रिमालले बताए  । आरोपितहरूले चैत १० गते बालिकालाई नियन्त्रणमा लिएर  बलात्कार गरी चैत ११ गते राजविराजस्थित सागर लजमा छोडेर  फरार भएका थिए  । रासस


    क्याटेगोरी : अपराध, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस