• The Public Today
  • महोत्तरीमा वडा सदस्यका छोरा घुस सहित पक्राउ


    पब्लिक टुडे समाचारदाता
    जनकपुरधाम, साउन २८ गते :
    महोत्तरीको भंगहा नगरपालिकाका एकजना जनप्रतिनिधिका छोरालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित रङ्गेहात पक्राउ गरेको छ ।

    [custom-facebook-feed]

    भंगहा नगरपालिका वडा नम्बर ८ का वडा सदस्य कारी साहका छोरा मुकेश साह १ लाख ६० हजार घुससहित रंगेहात पक्राउ परेका छन् ।

    सो वडाका वडा सदस्य कारी साहले आफ्नो छोरामार्फत डेढ लाख भन्दा बढी रकम उपभोक्ता समितिमार्फत कुम्ल्याउन खोजेपछी अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले रङ्गेहात उनलाई नियन्त्रणमा लिएको हो ।

    अख्तियारको टोलीले भंगहा नपा वडा नम्बर ८ मा भैरहेको पिसिसी सडक ढलानको लागि छुट्याइएको करिब २० लाख रुपैयाँमध्ये वडा सदस्य साहका छोरा मुकेशले १ लाख ६० हजार रुपैया हिनामिना गरेको पाइएपछि सो रकमसहित उनलाई नियनत्रणमा लिइएको हो ।

    उनलाइ जनकपुरको पीडारीचोकस्थित राष्ट्रिय वाणिज्य बैंकको गेटबाटै उपभोक्ता समितिका पदाधिकारीसँग घुस लिइ रहेको अवस्थामा वडा सदस्य साहको छोरा मुकेशलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासका सूचना अधिकारी हरी घिमिरेले जनाए ।

    वडाध्यक्ष रफिक आलम र वडा सदस्य कारी साहले आन्तरिक सहमति गरी मुकेशलाइ सो रकम लिन पठाएको रहस्य समेत खुलेको छ ।

    पक्राउ परेका मुकेशलाई आवश्यक कारवाहीका लागि अख्तियारको बर्दिबास कार्यालय लगिएको छ। घुस मागेका वडाध्यक्ष र वडासदस्यलाई समेत नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासका सूचना अधिकारी हरी घिमिरेले जनाए ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राजनीति, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस