• The Public Today
  • प्राणेश्वरनाथ मन्दिरमा सांस्कृतिक तथा सम्मान कार्यक्रम


    पब्लिक टुडे समाचारदाता
    जनकपुरधाम, साउन २९ गते :
    धनुषाको विदेह नगरपालिका-९, ईटहर्वा स्थित रहेको प्राणेश्वरनाथ महादेव मन्दिरमा सांस्कृतिक तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । अन्तिम सोमबारीको उपलक्ष्यमा मन्दिरद्वारा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।

    [custom-facebook-feed]

    मन्दिरका महन्त शिवनारायण पुरीको अध्यक्षतामा भएको सांस्तृकति तथा सम्ममान कार्यक्रममा जनकपुर वृहत्तर क्षेत्र विकास परिषदका निर्देशक बलराम ठाकुरको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रमको अवसरमा सो मन्दिर जिर्णोद्धारमा योगदान गरेका विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको छ ।

    उक्त अवसरमा जनकपुर वृहत्तर क्षेत्र विकास परिषदका निर्देशक बलराम ठाकुर, निर्माण व्यवसायी संंघ धनुषाका उपाध्यक्ष राम दुलार साह, निर्माण व्यवसायी सुनिल कुमार साह, मन्दिर सौन्दर्यकरण तथा मर्मत सम्भार उपभोक्ता समितिका अध्यक्ष रत्नेश्वर मण्डल, राजपका नेतृ निलम अधिकारी, मुकेश यादव, वडा ९ का अध्यक्ष जुम्राती नदाफ लगायतलाई सम्मान गरिएको थियो ।

    वृहत्तर क्षेत्र विकास परिषदले गत आर्थिक वर्ष २०७५।०७६ मा ५० लाख रुपैयाँ खर्च गरी प्राणेश्वरनाथ महादेव मन्दिरमा सौन्दर्यकरण तथा मर्मत सम्भार गरेको छ ।


    क्याटेगोरी : मुख्य समाचार, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस