• The Public Today
  • सुनको भाउमा नयाँ रेकर्ड, तोलाको ७१ हजार ५ सय


    काठमाडौं, साउन ३० गते । सुनको भाउ बिहीबार तोलामा १२ सय रुपैयाँ बढेको छ । सुन बिहीबार तोलाको ७१ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    [custom-facebook-feed]

    यो भाउ अहिलेसम्म कै महंगो हो । बुधबार तोलामा ७ सय रुपैयाँ घटेर सुन तोलाको ७० हजार ३ सय रुपैयाँमा झरेको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बिहीबार प्रति औंस १५ सय २२ डलर पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ बढेकाले नेपालमा पनि महंगो भएको हो ।

    यस्तै, चाँदी पनि बिहीबार तोलामा २० रुपैयाँ बढेर तोलाको ८ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ । 


    क्याटेगोरी : राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस