• The Public Today
  • न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने पक्राउ


    काठमाडौं, साउन ३० गते । न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ ।

    [custom-facebook-feed]

    पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणको अनुसन्धानका लागि रवि र युवराज कँडेललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    रवि र युवराजलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले बिहीबार साँझ नियन्त्रणमा लिएको हो । उनीहरुलाई काठमाण्डाैकाे पानीपोखरीमा रहेको न्यूज २४ टेलिभिजनको कार्यालयबाटै चितवनबाट आएको प्रहरीको टोलीले पक्राउ गरेको हाे ।

    यसअघि पुडासैनी आत्महत्याकै अनुसन्धानका लागि प्रहरीले अस्मिता कार्कीलाई पनि पक्राउ गरेको थियो । माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघिको भिडियो बाहिरिएपछि तीनै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

    पक्राउ परेका दुवै जनालाई चितवन ल्याउने तयारी भैरहेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ । 

    पुडासैनी एक महिनाअघि मात्रै न्यूज २४ टीभी छाडेर माउण्टेन टेलिभिजन आएका थिए । 


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस