• The Public Today
  • साना किसान कृषि सहकारीद्वारा थप दूध संकलन केन्द्र सुरु


    राजेश सिंह
    गौशाला, साउन ३१ गते :
    महोत्तरीको गौशालामा सहकारी दुध संकलन केन्द्रकाे थप शाखा खुलेको छ । बिहीबार गाैशाला नगरपालिका १० बटाैवामा थप एक दूध संकलन केन्द्र खुलेको हो ।

    [custom-facebook-feed]

    अार्थिक वर्ष २०७५ साउन ३० गते गौशाला नगर पालिका – १२ कान्तिबजारमा जिल्ला दुध उत्पादक सहकारी संघ लिमिटेड गौशाला, महोत्तरीकाे ६ लाख र साना किसान कृषि सहकारीकाे ६ लाख गरि जम्मा १२ लाखको संयुत्त लगानीमा सहकारी दुध संकलन केन्द्र संचालन गरेको संस्थाकाे अध्यक्ष हरिहर महताेले बताएका छन् ।

    यहाँ कम्पियुटर प्रणालीबाट दूध संकलनगरि फ्याट, स्नेप, लेक्टाे र पानीको मात्रा समेत निकाली साे दुधकाे रुपैयाँ समेत ३० सिकेन्डमा हिसाबगरि भाैचर लिस्ट प्रिन्ट हुने गरेको प्राविधिक राेशन महताेले जनाएको छ ।

    दुध संकलन गर्दा एक जना किसानकाे लेक्टाे र फ्याट चेक जाँच गर्दा प्रति लिटर रु. ७६.४५ सम्म काे दरले परेको छ । साथै भुक्तानी १५ – १५ दिनको फरकमा साना किसान कुषि सहकारी संस्थाकाे बचत खाता मार्फत भुक्तानी गर्ने ब्यवस्था गरिएको छ।

    सहकारी दूध संकलन केन्द्र मिति २०७५ साल साउन ३० गते स्थापना भए, २०७६ असार मसान्तसम्म ४ सय किसानहरुकाे ९१ हजार लिटर दूध खरिद गरि ५१ लाख १० हजार दुधकाे भुक्तानी गरि, डेरीकाे २०७६ असार मसान्तसम्म २ लाख ४१ हजार नाफा गरेको साना किसान कृषि सहकारी संस्था लिमिटेडका व्यवस्थापक राम दयाल महताेले जनाएका छन् ।

    साना किसान कृषि सहकारी लिमिटेडकाे हाल छाै सय जना शेयर सदस्य रहेको, उक्त सदस्यहरुकाे माग अनुसार सहकारी दूध संकलन केन्द्रकाे थप एक दूध संकलन केन्द्रकाे स्थापना गरेको महताेले जनाएको छ ।


    क्याटेगोरी : अर्थ, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस