• The Public Today
  • नेपालको बदलिँदो राजनीतिमा कुशवाहा समुदायको अहम भुमिका : सांसद मेहता


    दिपेन्द्र प्रसाद सिंह
    जनकपुरधाम, साउन ३१ गते ।
    पुर्वमन्त्री तथा प्रतिनिधीसभा सांसद सिताराम मेहताले नेपालको राजनीतिमा कुशवाहा समुदायको अहम योगदान रहेको बताएका छन । उनले नेपालको २००७ सालको आन्दोलन, २०४७ सालको आन्दोलन र २०६२/२०६३को आन्दोलनमा समेत कुशवाहा समुदायको ठूलो भुमिका रहेको बताएका हुन् ।

    [custom-facebook-feed]

    बिहिवार धनुषाको बटेश्वर गाउँपालिका-१ लवकुशचौकमा नेपाल कुशवाहा कल्याण समाजद्वारा आयोजित २४ औ लवकुश जन्मजयन्ती समारोहमा बोल्दै उनले भने नेपालको हरेक राजनीतिक आन्दोलनमा कुशवाहाहरुले सहादत दिएको स्मरण गर्दै कुशवाहा जाती स्वभिमानि रहेको बताए । मेहनत र परिश्रमी जातीको रुपमा रहेको कुशवाहाहरुको बाक्लो बस्ती भएपनी नामको पछाडि कुशवाहा, महतो, सिंह , मेहता , महतलगायतको थर राख्ने भएकाले गर्दा जनगणनामा कुशवाहाको सख्या कम देखिएकाले आउदो जनगणनामा थर जे लेखे पनि अन्तिममा कुशवाहा लेख्न उनले आग्रह गरे ।

    सांसद मेहताले मधेशको माग अझै अधुरा रहेकाले अहिले पनि संविधान संशोधन हुनुपर्ने भन्दै दलहरुबिच सहमति , सहकार्य र एकताको आवश्यकता रहेको बताए । देशमा नयाँ नया नेताहरु , मन्त्री , सासद र प्रधानमन्त्री भए तर देशमा जनताको अनुभुती हुने गरि बिकास हुन सकेको छैन, उनले भने।’

    कार्यक्रममा समाजवादी पार्टीका नेता समेत रहेका लक्ष्मी महतोले कुशवाहा समुदायको आर्थिक , सामाजिक र सास्कृतिक रुपमा उत्थान हुन जरुरी रहेको बताएका छन । उनले कुशवाहा मर्यादा पुरुषोत्तम भगवान रामका पुत्र कुशको हामी सन्तान रहेकाले गर्दा हामिले आफ्नो भेष, भुषा र पहिचान कायम राख्नु पर्ने बताए ।

    कार्यक्रममा कुशवाहा बुद्धिजीवी समाजका धनुषा अध्यक्ष समेत रहेका न्यु भिजन स्कुलका प्रीन्सिपल बिश्वलाल सिंहले कुशवाहा जात र समुदायको बिकासको लागि शिक्षामा लगाउनु पर्ने धारणा व्यक्त गरेका छन । अध्यक्ष सिंहले शिक्षामा लगानी गरे , तत्कालै फाइदा नभए पनि दीर्घकालीन र पुस्तौ पुस्तासम्मलाई फाइदा हुने बताए ।

    समाजका अध्यक्ष कर्मविर महतोको अध्यक्षतामा आयोजित कार्यक्रममा कुशवाहाका नेता वौएलाल महतो, प्रोफेसर राजेन्द्र महतो, बटेश्वर गाउँपालिका उपाध्यक्ष प्रमिला सिंह, पत्रकार दीपेन्द्र सिंह, बटेश्वर गाउँपालिका- १ का वडाध्यक्ष शैलेन्द्र महतो, कुशवाहा समाजका पुर्व जिल्ला अध्यक्ष नथुनी कुशवाहालगायतको उपस्थिती रहेको थियो ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस