• The Public Today
  • प्रहरी हिरासतबाटै थुनुवा फरार


    जनकपुरधाम, साउन ३१ गते । जिल्ला प्रहरी कार्यालय धनुषाबाट जबरजस्ती करणी मुद्दाका एक अभियुक्त फरार भएको छ । बिहीबार दिउँसै बयानको लागि अपराध अनुसन्धान शाखामा लगिएको अभियुक्त फरार भएका हुन् ।

    [custom-facebook-feed]

    फरार हुनेमा सिरहाका २० वर्षीय राममनी यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले पुष्टि गरेको छ ।

    जबरजस्ती करणी अभियोगमा पक्राउ परी अनुसन्धानको क्रममा जिल्ला प्रहरीको नियन्त्रणमा लिएको थियो ।

    प्रहरीको रोहबरमा बयानका लागि अपराध अनुसन्धान शाखा लगिएको यादव मौका छोपी फारर भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।

    फरार यादवको खोजी कार्य तीव्र पारिएको खनालले जानकारी दिए ।


    क्याटेगोरी : अपराध, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस