• The Public Today
  • धनुषाबाट लाखौको अवैद्य चाँदीसहित एक भारतीय पक्राउ


    पब्लिक टुडे समाचारदाता
    जनकपुरधाम, साउन ३२ गते ।
    धनुषाबाट लाखौको अवैद्य चाँदीसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

    [custom-facebook-feed]

    भारतबाट अवैध रुपमा चाँदी ल्याउँदै गर्दा सशस्त्र प्रहरी बल धनुषाको गस्ती टोलीले भारत जयनगर भेलवा चोक बस्ने २७ वर्षीय बन्धु कुमार सिंहलाई शनिबार पक्राउ गरेको छ । 

    उनलाई गस्ती टोलीले औरही गाउपालिका वडा नम्बर २ देउरीबाट पक्राउ गरेको सशस्त्र प्रहरी बल धनुषाका प्रमुख प्रहरी उपरीक्षक राजेश उप्रेतीले जानकारी दिए ।

    अवैध रुपमा ल्याइएको (१५ केजी चाँदी) १० लाख ९३ हजार १ सय १० मूल्य बराबरको रहेको उप्रेतीले बताए । यसका साथै पक्राउ परेका सिंहको साथबाट ज८प ९२३५ नम्बरको डिस्कोभर मोटरसाइकल समेत बरामद भएको छ । 


    क्याटेगोरी : अपराध, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस