• The Public Today
  • प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने ३ जना पक्राउ


    बारा, साउन ३२ गते । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने ३ जनालाई बारा प्रहरीले पक्राउ गरेको छ ।

    [custom-facebook-feed]

    पक्राउ पर्नेहरुमा प्रसौनी गाउँपालिकाका शम्भप्रसाद साह, वडा नम्बर ६ का मुरारी कुशवाहा र कलैया उपमहानगरपालिका–१६ का छोटेलाल पटेल रहेका छन् ।

    बाराको विश्रामपुर गाउँपालिका–१ स्थित छतवा प्रहरी चौकीबाट खटिएको टोलीलाई पैसाको प्रलोभन देखाउँदै ओसारपसारमा ‘लाइन मिलाइदिन’ भन्ने तीन व्यापारीलाई शनिबार पैसासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सानुराम भट्टराईले बताए । 

    प्रहरीलाई मासिक रुपमा २६ हजार दिन्छौं भन्दै आर्थिक प्रलोभनमा पार्न खोजेपछि उनीहरुलाई पक्राउ गरिएको एसपी भट्टराईले भने, ‘प्रहरीलाई अपशब्द समेत बोले ।’

    पक्राउ परेकामाथि आवश्यक कारबाही तथा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 


    क्याटेगोरी : अपराध, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस