• The Public Today
  • समृद्धि र विकास प्रदेश सरकारको मुलमन्त्र : मुख्यमन्त्री राउत


    पब्लिक टुडे समाचारदाता
    धनुषा, साउन ३२ गते ।
    प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको समृद्धि र विकास प्रदेश सरकारको मुल मन्त्र रहेको बताएका छन् ।

    [custom-facebook-feed]

    समाजवादी पार्टीद्वारा धनुषाको बटेश्वर गाउपालिकामा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकार जनताको भावना अनुरुप समृद्धि र विकासको बाटोमा अघि बढेको उल्लेख गरे । उनले समृद्धि र विकासलाई मुलमन्त्र मानेर प्रदेश सरकारले भौतिक पूर्वाधार विकासका साथै शिक्षामा गरिव, दलित र महिलाको पहुँचलाई सुनिश्चित गर्दै उनिहरुलाई रोजगारीमा पु¥याउने अभियान शुरु गरेको बताए ।

    मुख्यमन्त्री राउतले बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गतका साइकल वितरण, छोरी शिक्षा विमा, विद्यालयहरुमा महिला शौचालयको निर्माण, सरकारी रोजगारीमा महिलालाई ५० प्रतिशतको आरक्षण जस्ता योजना एउटा कडी मात्र रहेको बताए ।

    वर्तमान अवस्थामा पछी पारिएका मधेशी , महिला, मुश्लिम दलित जनजातिलाई सबै क्षेत्रमा अघि नबढाए सम्म देश र प्रदेशले समृद्धि हासिल गर्न नसक्ने भएकाले यसको नेतृत्व लिने जिम्मा समाजवादी पार्टीले आफनो काँधमा लिएको उनको कथन थियो ।

    उक्त कार्यक्रममा बटेश्वर गाउपालिका र मिथिला नगरपालिकाका नेपाली काँग्रेस, नेकपा र राजपाका दर्जनौ नेता कार्यकर्ताहरु समाजवादी पार्टीमा प्रवेश गरेका छन । नव प्रवेशीहरुलाई समाजवादी पार्टीका केन्द्रिय उपाध्यक्ष समेत रहेका मुख्यमन्त्री राउतले माला र अविर लगाई पार्टीमा स्वागत गरेका थिए ।

    समाजवादी पार्टीका बटेश्वर गा.पा. अध्यक्ष धनिक लाल महतोको अध्यक्षतामा भएको उक्त कार्यक्रममा केन्द्रिय सदस्य महाजन यादव, प्रदेश उपाध्यक्ष उर्मिला साह, जिल्ला अध्यक्ष पशुपति यादव, राज किशोर महतो, राम नरेश महतोलगायतको सहभागिता रहेको थियो ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राजनीति

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस