• The Public Today
  • अढाई बर्षीय बालक हत्या प्रकरण : बालकको बली दिन उक्साउने झाँक्री पक्राउ


    पब्लिक टुडे समाचारदाता
    धनुषा, भदौ १ गते ।
    यौनशक्ति बढाउन बालकको बलि दिन उक्साउने आरोपमा एक झाक्री पक्राउ परेका छन् ।

    [custom-facebook-feed]

    गत वैशाख २३ गते धनुषा जिल्लाको मिथिला नगरपालिका–६ बस्ने शम्भु साहका अढाई वर्षीय छोरा आर्यन साहको अपहरण पश्चात घाँटी रेटेर बलि दिई हत्या गरेको घटनामा मुछिएपछि फरार रहेका ५५ वर्षिय झाक्री जंगली महतो पक्राउ परेका हुन् ।

    घटनापछि फरार झाक्री महतोलाई बिहीबार रक्षाबन्धनको दिन घरबाटै ईलाका प्रहरी कार्यालय ढल्केबरले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पक्राउ परेका झाक्री महतोमाथि अनुसन्धान भइरहेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताएका छन् ।

    महतो मिथिला नगरपालिका–७ कुसुमबिसौनाका चर्चित झाक्री हुन् । यौनशक्ति बढाउन भन्दै धामीझाँक्री सिक्दै गरेका छिमेक ५५ वर्षिय सत्रुधन महतोले गत वैशाख २३ गते राती बालक आर्यनलाई घरेलु हतियार प्रयोग गरी घाँटी रेटेर बलि दिएका थिए ।

    घटना पश्चात जिल्ला प्रहरी कार्यालय धनुषा, प्रदेश प्रहरी र संघीय प्रहरी ईकाइले संयुक्त रुपमा ६५ जनालाई नियन्त्रणमा लिएर गरेको सूक्ष्म अनुसन्धानको क्रममा छिमेक झाक्री सत्रुधन महतोले यौनशक्ति बढाउन बालकको बलि दिएको खुलासा भएको थियो । उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाले गएको जेठ १६ गते पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो ।

    शत्रुधनले आफूलाई झाँक्री सिकाउने छिमेकी गाउँका झाँक्री जंगली महतोले यौनशक्ति प्राप्त गर्न र शक्तिशाली बन्न बालकको बली दिन भनेपछि यस्तो घटना भएको प्रहरीमा बयान दिएका थिए । त्यसपछि झाँक्री जंगली महतो फरार भएका थिए भने शत्रुधन महतोलाई असार ११ गते धनुषा जिल्ला अदालतका न्यायाधीश उपेन्द्र प्रसाद गौतमको एकल इजलासले महतोलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनलाई महोत्तरीको जलेश्वर कारागार पठाइएको हो ।

    गत बैशाख २३ आफ्नो दैलोमा खेलिरहेका बालक आर्यनलाई शक्तिशाली तान्त्रिक बन्न भन्दै महतोले अपहरण गरी त्यही राती २ बजे आफ्नो आँगनमा बलि चढाएका थिए । आर्यनको शव २४ गते बिहान घर नजिकैको बाँसघारीमा फेला परेको थियो । आजको ‘द पब्लिक टुडे’ दैनिकमा समाचार छ ।

    सम्बन्धित समाचार !

    अढाई वर्षीय बालकको बलि यसरी दिए झाक्रीले

    बालक हत्या प्रकरण : पीडित परिवारलाई भेटेर कानूनमन्त्रीले भने ‘अपराधी छिट्टै पक्राउ पर्छ’

    अढाई बर्षीय बालक हत्या प्रकरण : मुटुमाथि ढुङ्गा राखेर पत्रकारले ढाँटे

    बालक हत्या प्रकरण : हत्यारालाई अविलम्ब पक्राउ गर भन्दै प्रदर्शन

    धनुषामा दुधेबालकको घाँटी रेटी हत्या

    ढल्केवरमा अढाई वर्षिय बालक घरबाट बेपत्ता


    क्याटेगोरी : अपराध, ब्रेकिङ्ग न्युज-१, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस