• The Public Today
  • लोकदोहोरी प्रतिष्ठान प्रदेश अध्यक्षमा बस्नेत


    पब्लिक टुडे समाचारदाता
    बर्दिवास, भदौ १ गते ।
    प्रदेश नम्बर २ को लोक तथा दोहोरी गित प्रतिष्ठान अध्यक्षमा ज्ञानु बस्नेत सर्वसम्मत चयन भएका छन् ।

    [custom-facebook-feed]

    शनिवार महोत्तरीको महोत्तरीको बर्दिवासमा शनिबार सम्पन्न प्रदेश २ स्तरिय लोक तथा दोहोरी गित प्रतिष्ठानको भेलाले अध्यक्षमा बस्नेतलाई चयन गरेको हो । प्रदेश २ का संयोजक कृष्ण प्रसाद गौतमको प्रमुख आतिथ्य तथा केन्द्रिय प्रतिष्ठानका सल्लाहाकार ऋषिलाल श्रेष्ठको विशेष आतित्थमा सम्पन्न भेलाले प्रदेश २ मा प्रतिष्ठानको ३० सदस्यीय प्रादेशिक समिति समेत गठन गरेको छ ।

    यस्तै, भेलाले महोत्तरी र धनुषा जिल्लामा १५–१५ सदस्यीय जिल्ला समिति समेत गठन गरेको छ । गठित प्रदेश समितिमा अध्यक्ष मात्रै तोकिएको र ३० सदस्सिय समिति गठन गरेकाले अन्य पदपुर्ति ३० जना भित्रैबाट अर्काे भेलाले गर्ने निवर्तमान प्रदेश २ का संयोजक कृष्ण गौतमले बताए ।

    प्रतिष्ठानको महोत्तरी जिल्ला अध्यक्षमा राजु तामाङ्गलाई चयन गरेको छ भने धनुषा जिल्ला अध्यक्षमा कलाकार रुद्रसेन विश्वकर्मालाई चयन गरेको छ । आगामि मंसिर महिनामा पोखरामा हुने प्रतिष्ठानको केन्द्रिय महाधिवेशनका लागि शनिवारसम्ममा जिल्ला भेला सम्पन्न गर्नु पर्ने प्रतिष्ठान केन्द्रको निर्देशन अनुरुप प्रतिष्ठानको १५ सदस्यीय महोत्तरी जिल्ला समिति समेत गठन भएको हो ।

    गठित जिल्ला समिति महोत्तरीको बरिष्ठ उपाध्यक्षमा सुदिप कार्की, प्रथम उपाध्यक्ष राधा गौतम, द्वितीय उपाध्यक्ष कैलाश पोखरेल, महिला उपाध्यक्ष सुनिता बराल, महासचिव घनश्याम न्यैपाने, कोषाध्यक्ष सविना लामगादे, सचिव राम न्यैपाने, सदस्यहरुमा विनोद खड्का, इश्वरी रिसाल, बाबु चौलागाई, मदन सुन्दास, सोविका क्षेत्री, अजय अर्याल र झोकिलाल महतो रहेका छन् ।

    भेलामा हिरालाल गौतम लगायत विभिन्न संघसंस्थाबाट प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो । प्रदेश २ का अन्य जिल्लामा यसअघि नै समिति गठन भईसके पनि महोत्तरी र धनुषामा बाँकी रहेको थियो ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस