वडाकार्यालयमा सचिव नहुँदा सेवाग्राही मर्कामा

द पब्लिक टुडे समाचारदाता
गौशाला, चैत्र १ गते ।
महोत्तरी जिल्लाको भंगहा नगरपालिका–८, धर्मपुरमा वडासचिव नहुँदा सर्वसाधारण दैनिक सेवाबाट वञ्चित हुँदै आएका छन् । वडासचिब तनुकलाल दासलाई नगर कार्यपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले आफ्नै कक्षमा तानेपछि भंगहा–८, धर्मपुरका सर्वसाधारण वडा कार्यालयबाट लिइने सेवाबाट वञ्चित भएका हुन् ।

गत फागुन २४ गते प्रमुख प्रशासकीय अधिकृत लामगादेले वैकल्पिक व्यवस्था नगरि वडासचिव दासलाइ नगर कार्यपालिका कार्यालयमा तानेपछि आफूहरुले व्यक्तिगत घटना दर्ता, सिफारिस र वडाको अन्य प्रशासनिक सेवाबाट वञ्चित हुनु परेको स्थानीयबासीले गुनासो गरेका छन् ।

यसैबीच नेकपाका स्थानीय नेतासमेत रहेका वडानम्वर–८ का वडाअध्यक्ष रफिक आलमले आपूmसँग राजनीतिक आग्रह साधेर नगरप्रमुखको आदेशमा प्रमुख प्रशासकीय अधिकृत लामगादेले वडासचिब तानेका आरोप लगाएका छन् । आफूले प्रमुख प्रशासकीय अधिकृतसँग सोबारे जिज्ञासा राख्दा उनले नगरप्रमुखको आदेशमा गरिएको ठाडो जवाफ दिएका वडाअध्यक्ष रफिक आलमको आरोप छ ।

Scroll to Top