• The Public Today
  • समाजवादी पार्टीका सांसद यादवद्वारा राजीनामा फिर्ता


    काठमाडौं, भदौ १ गते । समाजवादी पार्टीका सांसद डा. सूर्यनारायण यादवले राजीनामा फिर्ता लिएका छन् ।

    [custom-facebook-feed]

    सप्तरी १ का प्रत्यक्ष निर्वाचित सांसद यादवले आइतबार राजीनामा फिर्ता लिएको समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले जानकारी दिए ।

    सांसद यादवले स्वास्थ्य कारण देखाउँदै २७ साउनमा संसद सचिवालयमा राजीनामा बुझाएका थिए । तर समाजवादी पार्टीले सांसद यादवलाई राजीनामा फिर्ता लिन आग्रह गरेको थियो ।

    पार्टी संसदीय दलमा राजीनामा दिनुपर्नेमा संसद सचिवालयमा बुझाएकाले स्वीकृत हुने अवस्था नरहेको र पार्टीको आग्रहमा फिर्ता लिएको समाजवादी पार्टीका प्रमुख सचेतक अरगरियाले बताए ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राजनीति

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस