• The Public Today
  • खोलाको डाइभर्सन बाढीले बगायो, पूर्वपश्चिम राजमार्ग ठप्प


    नवलपरासी, भदौ २ गते : पूर्वी नवलपरासीस्थित अरुण खोलाको डाइभर्सन बाढीले बगाउँदा पूर्व–पश्चिम राजमार्ग १५ घण्टादेखि ठप्प छ । 

    [custom-facebook-feed]

    पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडक खण्डमा पर्ने डाइभर्सन बाढीले बगाउँदा आइतबार साँझ ७ बजेदेखि यातायात अवरुद्ध छ। 

    सडक अवरद्ध भएका कारण राजमार्गमा सवारीको लाइन लागेको छ। रोकिएका गाडीको लाइन पश्चिम नवलपरासीको बर्दघाटसम्म आईपुगेको छ।  राजमार्ग खोल्ने प्रयास भइरहेको र करिब १ घण्टापछि खुल्ने जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ। 

    केहीदिनअघि पुल भाँचिएपछि डाइभर्सन निर्माण गरी सडक सञ्चालन गरिएको थियो । 

    #अन्नपुर्ण पोस्ट


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस