• The Public Today
  • जनकपुरमा मैथिली गीत प्रतियोगिता सम्पन्न


    पब्लिक टुडे समाचारदाता
    जनकपुरधाम, भदौ २ गते ।
    मैथिली संस्कार गीतको संरक्षण र विकास गर्ने उद्देश्यले आयोजना गरिएको मैथिली संस्कार गीत गायन प्रतियोगिता सम्पन्न छ ।

    [custom-facebook-feed]

    सखी बहिनपा मिथिलानी समूह जनकपुरधामद्वारा आयोजित सो प्रतियोगितामा बालदेखि वृद्धासम्मको सहभागिता थियो । प्रतियोगितामा पूर्णकला झा प्रथम, प्रियाशा चौधरी द्वितीय र रेखा हाथी तृतीय एवं ज्योति झा, सुधा कर्ण, गायत्री झा, गङ्गा कर्ण, नीरा देवी, नीलम झा र आर्या झाले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।

    जनकपुर उपमहानगरपालिकाका उपप्रमुख रीता मिश्रले पुरस्कृत हुनेलाई पुरस्कार प्रदान गर्दै मैथिली संस्कार गीत समृद्ध भए पनि वर्तमानमा यसप्रतिको उदासिनताले अस्तित्वमाथि संकट देखिएको बताईन् । उपमहानगरपालिका संस्कार गीतको परम्परालाई जीवन्त राख्न सधैँ सहयोग गर्न तयार रहने बताउँदै उनले बाल र युवालाई यसप्रति आकर्षण गराउनु आवश्यक रहेको बताईन् ।

    खी बहिनपा समूहका संस्थापिका आरती झाले विगतमा १६ संस्कार गीत गायन परम्परा रहेको वर्तमानमा जन्मदेखि मृत्यु संस्कारसम्मको संस्कार गीत गायन चलनमा रहनु चिन्ताको विषय रहेको बताईन् । समूहका सदस्य पुनम झा मैथिल, सुनिता मिश्र, भारती चौधरी, संगीता झा र सम्झना वर्माले संस्कार गीतको महत्वबारे प्रकाश पार्दै गायनलाई गाउँसम्म पु¥याउनु जरूरी भएको बताईन् ।


    क्याटेगोरी : मनोरंजन, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस