सर्लाहीमा एक युवतीकाे शव फेला

राजेश सिंह
गाैशाला, भदौ ३ गते : सर्लाहीको ईश्वरपुरमा पर्ने सागरनाथ जंगलमा एक युवतीकाे शव फेला परेको छ ।
[custom-facebook-feed]
ईश्वरपुर नगरपालिका १३ श्रीनगर घाटटाेल भन्दा करिब एक किलोमिटर उत्तर तर्फ सागरनाथ वन विकास परियोजना अन्तरगर्त घाँटी रेटिएको अवस्थामा एक युवतीकाे शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक: गाेपाल चन्द भट्टराईले बताउनुभयो ।
शवलाई पाेष्टमार्टमकाे लागि जिल्ला अस्पताल मंलवा ल्याएको र घटना बारे थप अनुसन्धान भई रहेको प्रहरी उपरीक्षक: भट्टराईले बताएका छन् ।
अाज बिहान स्थानीयहरुले शव देखे पछि प्रहरीलाई खबर गरेका थिए ।
क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय, समाज
प्रतिक्रिया दिनुहोस