• The Public Today
  • महोत्तरीमा २ सय ७३ छात्रालाई साईकल वितरण


    पब्लिक टुडे समाचारदाता
    महोत्तरी, भदौ ४ गते ।
    महोत्तरीमा २ सय ७३ छात्राहरूलाई साईकल वितरण गरिएको छ ।

    [custom-facebook-feed]

    बेटी पढाऊ, बेटी बचाउ अभियान अन्तर्गत प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मंगलवार महोत्तरीस्थित ४ वटा माध्यमिक विद्यालयका २ सय ७३ छात्राहरूलाई साईकल वितरण गरेका हुन् ।

    महोत्तरीस्थित श्री सरयुग मुनिलाल मा वि सरपल्लोमा ७५, श्री दुर्गा मावि मनरामा ४३, श्री सार्वजनिक राष्ट्रिय मावि गैटा भेटपुरमा ५१ र श्री महेन्द्र राष्ट्रिय मावि रामगोपालपुरमा १ सय ४ ओटा साईकल गरी कक्षा ८ मा अध्यन्नरत्त छात्राहरुलाई वितरण गरिएको हो ।

    साईकल वितरण कार्यक्रममा मुख्यमन्त्री राउतले यसै आर्थिक वर्षमा कम्तीमा ८ वटा सार्वजनिक विद्यालयमा अध्यन्नरत्त दलित र मुस्लीमलाई महिनाको ५ सय रुपैया दिने घोषणा गरे । उनले महिला र पुरुष विच रहेका भेदभाव अन्त्य भए मात्र मुलुक समृद्ध हुने उल्लेश गरे । मुख्यमन्त्री राउतले प्रदेशमा रहेको बेटीहरुको लागि यस्ता विभिन्न प्रकारका थप कार्यक्रमहरु ल्याउने प्रतिवद्धता जनाए ।

    कार्यक्रममा संघिय सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवले मधेशलाई अगाडी बढाउन महिला शिक्षामा जोड दिनुपर्ने धारण राखे।

    यस्तै, प्रदेश २ का आन्तरिक मामिला तथा कानुन राजयमन्त्री सरोज सिंह कुशवाहाले मुख्यमन्त्रीद्वारा सञ्चालित बेटी पठाउ, बेटी बचाऊ अभियानको मुख्य उदेश्य समाजमा रहेको लैङ्किक विभेदलाई अन्त्य रहेको बताए । महिला शिक्षित नभए सम्म प्रदेश शिक्षित नहुने उनको कथन थियो ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस