• The Public Today
  • प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता


    काठमाडौं, भदौ ४ गते । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ ।

    [custom-facebook-feed]

    नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन बुधबार मात्र नेपाल आएका विदेशमन्त्री जयशंकर प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।

    संयुक्त आयोगको बैठकमा बुधबार नेपाल भारत दुईपक्षीय सहयोग आदान प्रदानको साथै  विभिन्न एजेण्डामा सहमति सहित हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । बैठक बुधबार र बिहीबार हुनेछ ।

    भेटवार्ताका क्रममा नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरी, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डाक्टर राजन भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागीलगायतको उपस्थित रहेको थियो ।

    भारतीय  विदेशमन्त्री जयशंकरले बिहीबार राष्ट्रपति विद्यादेवी  भण्डारीसँग पनि भेट्ने कार्यक्रम  छ ।


    क्याटेगोरी : राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस