• The Public Today
  • प्रहरी हिरासतबाटै फरार भएका थुनुवासहित ५ जना प्रहरीको फन्दामा


    पब्लिक टुडे समाचारदाता
    जनकपुरधाम, भदौ ४ गते ।
      जिल्ला प्रहरी कार्यालय धनुषाबाट फरार जवरजस्ती करणी मुद्दाका एक अभियुक्तसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    [custom-facebook-feed]

    गत बिहीबार बयान लिने क्रममा अपराध अनुसन्धान शाखाबाट फरार भएको राममणी यादवसहित चार विद्यार्थीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

    राममणीसहित पक्राउ पर्नेमा सिरहा औरहीका प्रमेश यादव, ठैगहीका सुर्यनारायण यादव, बसपिट्टाका राजकुमार यादव र अर्नमाका रामप्रकाश यादव छन् । यी चारै जना जनकपुरस्थित एक कलेजमा ओभरसियर अध्ययनरत विद्यार्थी हुन्। पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

    फरार भएको ६ दिनपछि प्रहरीले मंगलबार राति सिरहा माडरको भारतीय सीमाबाट यादव र अन्य ४ जनालाई पक्राउ गरिएको धनुषाका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जनाए ।

    जनकपुरधाम उपमहानगरपालिका–८ बलुवा टोलमा डेरा लिई बस्दै आएका सिरहाका २० वर्षीय राममणी यादव डेरा नजिकै बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

    प्रहरीको हिरासतबाटै यादव फारर भएपछि अपराध अनुसन्धान शाखाका असई राजकुमार भण्डारीलाई जिल्ला प्रहरी कार्यालय धनुषाले निलम्बित गरेको छ भने धनुषाका प्रहरी नायव उपरिक्षक कार्कीको संयोजकत्वमा ५ सदस्यीय छानबिन टोली नै गठन गरेर फरार अभियुक्तको खोजी तीव्र पारिएको थियो ।


    क्याटेगोरी : अपराध, ब्रेकिङ्ग न्युज-१, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस